31 Oct

१२ वर्षे व:ला समापन कार्यक्रम २०७७

6:00 am
स्वयम्भू महाचैत्य परिसर, स्वयम्भू , काठमाडौं

मिति २०७७ कार्तिक १५ (कतिं पुन्हि) र १६ (पारु) गतेका दिन परम्परागत ङ्यत त्वा: (नरदेवी टोल) को स्वयमभू महाचैत्य परिसरमा १२ वर्षे व:ला पठाउने कार्यक्रम सम्पन्न भएको छ। ज्यापु समुदाय (महर्जन, डंगोल, प्रजापति, सुवाल, सिं आदि)मा परापुर्वकालदेखि चल्दै आएको प्रत्येक बाह्र-बाह्र वर्षमा एक पटक पठाइने व:ला परम्परा अनुसार गत २०७५ सालमा सुभारम्भ भएको व:ला पठाउने कार्यक्रमको क्रममा यस वर्ष तेस्रो चरणको व:ला समापन (धुंकेगु) कार्यक्रम सम्पन्न भएको हो ।

उपत्यकाका नेवार समुदाय भित्रपनि विशेष गरि ज्यापु समुदायमा मात्र प्रचलनमा रहेको यस धार्मिक परम्परा अनुसार समुदायका ब्रतबन्ध नगरिसकेका बालक/युवा हरुलाई आफ्नो घरभन्दा बाहिर परम्परा अनुसार निश्चित स्थानमा गई दुइरात दुई दिन धार्मिक परम्परा अनुसार पुजा पाठमा सहभागि भई बस्ने कार्यलाई “व:ला छ्वयेगु” भनिन्छ । धार्मिक मान्यता अनुसार व:लामा सहभागि हुने ब्यक्तिले उक्त दुइ दिनको समापन पुजा सम्पन्न नभएसम्म नुन, माछा, मासु लगायतका खानेकुरा ग्रहण गर्नु हुँदैन । यसै अवसरमा व:ला कार्यक्रमा सहभागि परिवारका बिहेबारि भइसकेका दिदि, बहिनि, फुपु, मामा लगायतका आफन्तहरुबाट समेत उक्त स्थानमा गइ वला: पठाइएको बालक/युवालाई दुध, चिउरा, फलफुल, फुल सगुन समेत दिएर आशिष प्रदान गर्नजाने प्रचलन रहेको छ । यसलाई स्थानीय भाषामा “स्वाँनं छुक:वनेगु” भनिन्छ ।

विश्वभर फैलिएको COVID-19 माहमारिका कारण यस वर्षको व:ला कार्यक्रममा आफन्तबाट हुने स्वानं छुकेगु लगायत भीड जम्मा हुने सम्पूर्ण कार्यहरु स्थागित गरि परम्परा अनुसार नितान्त नगरिनहुने धार्मिक संस्कारका कार्य मात्र गरी सम्पन्न गरिएको छ । यसै गरी डा. को प्रत्यक्ष उपस्थितिमा सहभागि सबैको स्वास्थ जाँच गरिएको थियो । साथै सरकारले निर्देशन गरेअनुसार सामाजीक दुरि कायम गर्दै सहभागि सबैले अनिवार्य रुपमा मास्क, स्यानिटाइजरको प्रयोग आदि स्वास्थ्य सजगता अपनाइएको थियो ।