30 Mar

१२ वर्षे नगरपरिक्रामा जात्रा सम्पन्न

11:18 am
नरदेवी

नरदेवी श्री श्वेतकाली (ङ्यतभुलु अजिमा) को १२ वर्षे देवीनाच जात्रा को क्रममा मिति २०७८ चैत्र १३ देखि १४ गते सम्म श्रीको नगर परिक्रमा (दे चाहिकेगु) जात्रा भव्यताका साथ सम्पन्न भएको छ ।

चैत्र १३ गते साँझ करिव ७ बजे नरदेवी ङ्यतपाचो स्थित देवीघरबाट आरम्भ भएको देवीको नगरपरिक्रमा जात्रा प्राचिन काठमाडौंको भित्रि शहर परिक्रमा गर्ने क्रममा परम्परागत देवीमार्ग अन्तर्गत नरदेवी – टेंगल – न्ह्य:खा – थाय्मदु – न्हाय्कंतला – असन – बालकुमारी – जनबाहाल – इन्द्रचोक – मखन – हनुमानढोका दरवार – मरु – चिकंमुगल – जैशीदेवल – कोहिति – भिमसेनस्थान – काष्ठमण्डप – प्याफल – यटखा  हुँदै १४ गते विहान करिब ११ बजे पुन: नरदेवी स्थित मूलदेवीघरमानै भित्राइएको थियो । जात्राको क्रममा परम्परा अनुसार देवदेवी विराजमान भएका प्रमुख चोकहरुमा पुग्दा द्य:ल्हायेगु नाच प्रदर्शन गर्नुका साथै श्रद्धालु भक्तजनहरुबाट पुजा ग्रहण गर्दै परिक्रमा जात्रा सम्पन्न भएको थियो । असंख्य श्रद्धालु जनसाधाणको सहभागि रहेको सो जात्राका क्रममा ठाउँ ठाउँमा स्थानिय बासिन्दा भक्तजनहरुबाट बिभिन्न साँस्कृतिक बाजागाजा देवीलाई स्वागत गरिएको थियो ।

१२ वर्षे देवीनाच जात्राकै सिलसिलामा यहि मिति २०७८ चैत्र १७ (पाहाँचह्रे तिथि) र १८ गते आमाई तिथिका दिन नरदेवी स्थित देवीको डबलीमा श्रीको १२ वर्षे देविनाच पर्व अन्तर्गतको पहिलो चरणको देविनाच प्रदर्शन हुनेछ ।


देवीनाच नगरपरिक्रमा जात्राका केहि झलक: