k/Dk/fut ªt TjfM

प्राचीन काठमाडौंको मध्य भागमा अवस्थित यस परम्परागत ङ्यत त्वाः ( परम्परागत नरदेवी टोल) को आफ्नै विशिष्ट किसिमको पहिचान र महत्व रहेको पाईन्छ। प्राचीन काठमाडौंको संरचना अवधारणा अन्तर्गत थःने त्वाः, कोने त्वाः र दथुत्वाः मध्ये दथु्त्वाः भित्र पनि मध्य भागमा अवस्थित यस टोल का.म.पा वडा नं १८ र २४ मा पर्दछ भने हनुमानढोका दरवारबाट करिव ५०० मिटर उत्तर दिशामा पर्दछ।

कान्तिपुर नगरको बिकास क्रमसंगै यहाँ रहेका आदिवासी ज्यापु समुदायको बस्ति बिस्तार हुने क्रममा परमपरागत ३२ टोल (हाल आएर ६३ टोल भएको) अन्तर्गत पर्ने यस टोलको पनि अन्य ज्यापु टोलहरुको जस्तै आफ्नै मौलिक धार्मिक साँस्कृति पहिचान रहेको छ। ङतपाचो कवः,तुंछेगाल्ली,ङत,ताहाननी,पाछैगल्ली,इखापुखु आदि विभिन्न कवः बाट गरि हाल जम्मा १२५ जना पुस्तैनी ज्यापु समुदायका सदस्य रहेको यस टोलबासीका प्रमुख आराध्य देवी श्री श्वेतकाली माई (ङ्यतभुलु अजिमा) हुन । यद्यपी यस टोलको नामनैं उनै देवीका नामबाट प्रादुर्भाव भएको देखिन्छ।

उनै आराध्य देवी श्री श्वेतकाली माईको देवीनाच पर्वनै यस टोलको प्रमुख धार्मिक साँस्कृतिक धरोहर हो । विशेष अवसरहरुमा राष्ट्राध्यक्ष स्वयंको संलग्नतामा देवीको पर्वकार्यहरु हुनुका साथै परापूर्वकालदेखिनैं धार्मिक आस्थाको उदगम क्षेत्र भएकाले नगरमा यस टोलको विशिष्ट पहिचान रहेको पाइन्छ । यसका साथै वर्षैभरि हुनेअन्य हरेक राष्ट्रिय चाडपर्वहरुमा यस टोल/ज्यापु समुदायको विशेष भुमिका रहँदैआएको छ । यसैगरि करिब ३-४ दशक अघिसम्म पनि वाँसुरीबादन, चिगोधिमे, दाफा लगायत अन्य साँस्कृतिक क्षेत्रमा समेत उच्च श्रेणीमा गनिने यस परम्परागत ङ्यत टोलमा जात्रा पर्वका विशेष अवसरहरुमा नगरका हरेक प्रमुख देवीहरुको आगमन हुने गर्दछ।

धुङ्या सहितको तगो धिमे यस टोल/ज्यापु सामुदायको मुख्य साँस्कृतिक धरोहर हो भने तगोधिमे नासः पुजालाई त्वाःभ्वय् (सम्पूर्ण टोलवासी सहभागि हुनुपर्ने) को रुपमा मनाइन्छ । पछिल्लो समयमा आएर साना साना विभिन्न समुहमा छरिएर संचालन गरिँदै आएको मृत्यूकर्म सम्बन्धिको सी-गुथी/सना गुथीहरुलाई समेत केन्द्रिकृत गरि सम्पूर्ण टोलबासीको एउटै गुथी संचालनमा ल्याईदा सम्पूर्ण खलक सदस्यमा सदभाव र एकताको भावना अझ सबल भई गुठिसंचालनमा अरुबढी सहजता महसुस गरिएको छ । यस प्रयासलाई अन्य टोल समुदायबाट समते सकारात्मक मुल्यांकन गरिएको छ ।

परम्परागत ङयत त्वाः (नरदेवी) मा गरिँदै आएको प्रमुख धार्मीक साँस्कृतिक कार्यहरु >> 

 


परम्परागत ङ्यत त्वाः (नरदेवी)का धार्मिक धरोहरहरुः

  १. नरदेवी मन्दिर
  २. च्वय् द्यःछेँ/ङतपाचो द्यःछेँ (देवी घर)
  ३. क्वय् द्यःछेँ (देवी घर)
  ४. चपाःछेँ (भजन घर)
  ५. डबली
  ६. लोकेश्वर
  ७. स्थान गणेश

  • नरदेवी मन्दिर
  • द्यःछेँ (देवी घर), ङ्यतपाचो
  • द्यःछेँ (देवी घर), नरदेवी
  • चपाःछेँ (भजन घर)
  • स्थान गणेश
  • लोकेश्वर